तनहुँमा दाउ हानेर श्रीमतीको हत्या, जितबहादुर पक्राउ
तनहुँ | चैत २६, २०८०
तनहुँ: आफ्नै श्रीमतीको हत्या गरेको आरेपमा तनहुँ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा व्यास नगरपालिका–५ सेरा चापाटार बस्ने ४० वर्षीय जित बहादुर कुमाल रहेका छन् ।
प्रहरीका अनुसार उनले आफ्नै श्रीमती ३६ वर्षीया सुन माया कुमालको धारिलो हतियार (दाउ) प्रहार गरी हत्या गरेका थिए ।
घटनापछि सुनमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सो विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

